इटहरी : शारीरिक रूपमा अशक्त रहेकी एक युवतीलाई हसिना ग्रुपले ह्वील चियर सहयोग गरेको छ ।
जन्मदै दुवै खुट्टा चलाउन नसक्ने र बोल्न नसक्ने शारीरिक रूपमा अशक्त लहान नगरपालिका वडा नं. ४ बस्ने २० वर्षीया सपना कुमारी महतोलाई ह्वील चियर सहयोग स्वरुप प्रदान गरेको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ५ मा रहेको हसिना ग्रुप प्रा.लि. कम्पनीले लहान बिक्री केन्द्रका प्रोपाइटर शंखर कुमार महतोकी छोरी सपना कुमारीलाई कम्पनीका प्रतिनिधि राजन कार्की र पुष्पा राईले ह्वील चियर प्रदान गरे ।
हसिना ग्रुप कम्पनीका सञ्चालक अशोककुमार राईले व्यवसायसँगै आफूहरूले सामाजिक काम समेत गर्दै आएको बताए ।
यस्तै, सञ्चालक लेखनाथ आचर्यले बिगतका वर्षहरूमा कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए ।
कम्पनीका व्यवस्थापक रोहित राईले उत्पादनबाट मात्र समृद्व नेपाल सम्भव रहने बताउादै बिक्रेता र उपभोक्ताको सुझावलाई आत्मसाथ गर्दै सामाजिक काम गर्ने बताए ।
कम्पनीले हसिना ब्राण्डका सफाईका सामानहरू उत्पादन गर्दै आएको छ ।












Discussion about this post