इटहरी : सप्तकोसीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र ९ राजाबासका १२ वर्षीय अमर माझी रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सरस्वती मावि राजाबासमा कक्षा ६ मा अध्ययनरत माझी स्कुलबाट टिफिनको समयमा खाजा खान निस्किएका थिए । विद्यालय नजिकै रहेको सप्तकोसीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका माझीको स्थानीय र प्रहरीले उद्दार गरी तत्काल नगर अस्पताल चक्रघट्टीमा उपचार गर्ने क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा पठाएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post