Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
in FEATURE BREAKING, समाचार
0
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई आफ्नै छोरा ठानेर अन्त्येष्टि गरेको मोरङको लेटाङस्थित एक परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको खुलेपछि प्रहरीले घटनाको पुनः अनुसन्धान थालेको छ ।

लेटाङ नगरपालिका–५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय जीवितै घर फर्किएपछि सुनसरीको बराहक्षेत्रमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान खोज्नुपर्ने भएको हो ।

गत जेठ २६ गते बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको थियो । पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालमा राखेर आफन्तको खोजी गरेको थियो ।

प्रहरीले जारी गरेको सूचनाका आधारमा अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेपछि परिवारले शव बुझेर चिसाङ खोलामा अन्त्येष्टि गरेको थियो ।

तर, गत माघदेखि सम्पर्कविहीन पदमबहादुर दसैँको पूर्णिमाका दिन जीवितै घर फर्किएपछि अन्त्येष्टि गरिएको शव अर्कै व्यक्तिको भएको खुलेको हो । छोरा गुमाएको ठानेर दसैँमा टीकासमेत नलगाएको परिवारमा खुसी फर्किए पनि दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पदमबहादुर जीवितै भेटिएपछि सरकारी अभिलेख सच्याउने र मृतकको वास्तविक पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको छ । शव सनाखतका क्रममा तयार गरिएका कागजात फिर्ता लिने विषयमा पनि प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

प्रहरीका अनुसार पदमबहादुरको परिवारले दुर्घटनामा मृत्यु भएको ठानेर बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको छ । उनी जीवितै रहेको पुष्टि भएपछि उक्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा प्रहरी टोली पदमबहादुरको घर पुगेको थियो । परिवारलाई कोशी अस्पताल बोलाएर शव सनाखत र हस्तान्तरणका क्रममा अपनाइएका प्रक्रिया तथा कागजातबारे बुझ्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका पदमबहादुर यसअघि पनि कसैलाई जानकारी नदिई घर छाडेर हिँड्ने गरेको परिवारले जनाएको छ । गत माघमा घर छाडेपछि उनी लामो समय सम्पर्कविहीन भएका थिए ।

उनले आफू भारतमा रहेको बताए पनि त्यस अवधिमा कहाँ बसे र कसरी घर फर्किए भन्ने विषय स्पष्ट भइसकेको छैन ।

एउटा परिवारले आफ्नै सदस्य ठानेर अर्कै व्यक्तिको अन्त्येष्टि गरेको यस घटनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान, शव सनाखत र आफन्तलाई शव बुझाउने प्रक्रियाबारे प्रश्न उठाएको छ ।

प्रहरीले वास्तविक मृतकको पहिचान खुलाउने तथा घटनासँग सम्बन्धित अभिलेख र क्षतिपूर्तिको विषय टुंग्याउने काम अघि बढाएको जनाएको छ ।

Tags: #मोरङसमाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहेँलपुर धान
विविध

पहेँलपुर धान

by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
0

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लेखर्क क्षेत्रका स्थानीयको खेतमा पहेँलपुर भएर पाकेको धानबाली । तस्बिरः युवराज विष्ट/रासस

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्जमा भन्सार छली ल्याउँदै गरेको ९८ हजार रुपैयाँ बराबरका इलेक्ट्रोनिक्स तथा भान्साका सामान प्रहरीले बरामद गरेको छ...

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण, क्षति न्यूनीकरणका उपाय खोजिँदै

कार्तिक १२, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा १० हजारभन्दा बढी लागूऔषधका क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ

कार्तिक १२, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहेँलपुर धान

पहेँलपुर धान

कार्तिक १२, २०८३
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

कार्तिक १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३
जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    336 shares
    Share 134 Tweet 84
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.