झापा : झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका १ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार (आज) दिउँसो १२ बजेतिर झापा १ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १००० दरको ९०० वटा नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post