विराटनगर : मोरङको केराबारी ८ शान्ति टोलकी एक महिला आफ्नी ९ वर्षीया छोरीसहित बेपत्ता भएकी छन् ।
स्थानीय २८ वर्षीया रीता चापागाईँं फुयाँल गत साउन ३ गतेदेखि बेपत्ता भएकी हुन् ।
उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा उनका श्रीमान् सूर्यप्रसाद फुयाँलले निवेदन दिएका छन् ।
आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।
लामो समय विदेशमा काम गरेर फुयाँल ६ महिना अगाडि मात्रै स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए ।
यद्यपि, आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।














Discussion about this post