इटहरी : इटहरीमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन् ।
इलाका प्रहरी कार्यालय इटहरीले शनिबार बेलुकीको समयमा इटहरी ४ पूर्व बस स्टेण्ड नजिकै रहेको चिया नास्ता पसलबाट लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुईजनालाई पक्राउ गरेपनि सोमबार मात्रै सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा इटहरी १० बस्ने ४० वर्षीया दिलकुमारी र मोरङको सुन्दरहरैँचा ७ का १९ वर्षीय समीर बिक छन् ।
उनीहरूले लुकाईछिपाई राखेको ३ ग्राम, २० मिलिग्राम ब्राउनसुगर तथा विभिन्न प्रकारका १३७ ट्याब्लेट र ८ बोतल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका ६ थान मोबाइल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post