झापा : झापाको भद्रपुर नगरपालिका ४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा डुबेर भद्रपुर नगरपालिका ३ का १८ वर्षीय सामुएल भुजेलको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटिइ नदीमा खोजतलास गर्ने क्रममा मंगलबार (आज) बिहान पौने ९ बजे भुजेललाई बगाएको स्थानदेखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




















Discussion about this post