झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
जंगली हात्तीले आक्रमण गर्दा बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवीबहादुर अधिकारीको मृत्यु भएको हो । अधिकारीलाई स्थानीय मनकामना सामुदायिक वनभित्र हात्तीले आक्रमण गरेको थियो ।
हात्ती आक्रमणबाट गम्भीर घाइते अधिकारीको थप उपचारका लागि धरानतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post