इटहरी : मन्दिरमा भेटी चढाएको पैसा चोरेर लैजादैँ गरेको अवस्थामा इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अुनसार शुक्रबार (आज) बिहानको साढे ३ बजेको समयमा इटहरी ९ भोजपुरे टोलमा अवस्थित गणेश मन्दिरमा चढाएको पैसा चोरेर लैजादैँ गरेको अवस्थामा युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बाँके जिल्लाको रामनगर नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय दिपेश तामाङ रहेका छन् ।
विभिन्न दरका नेपाली नगदहरू तथा भेटी चढाएका सिक्का पैसाहरू गरी जम्मा दश हजार ५२ रुपैयाँ र सोही मन्दिरमा रहेको पित्तलको जलधारा, अफगानी प्रेसर कुकर, पित्तलकोको पन्यू लगायतका सामानहरू चोरी गरी लैजादैँ गरेको अवस्थामा गस्ती टोलीले उनलाई पक्राउ गरेको इटहरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post