बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट अवैध औषधिसहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका ८ घर भइ बराहक्षेत्र नगरपालिका २ मा बस्दै आएका २९ वर्षीय सुरज गुरुङ उनकै श्रीमती २४ वर्षीया पूर्णिमा गुरुङलाई अवैध औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले आफ्नै कोठामा लुकाईछिपाई राखेको भन्ने सूचना आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट प्रहरीले स्पासन ९४० ट्याब्लेट र ट्रमाडोल ९१० ट्याब्लेट बरामद गरेको छ ।
अवैध औषधिसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post