झापा : झापाको मेचीनगर नगरपालिका १५ बाट स्रोत नखुलेको रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका १५ निलकोठी बस्ने ३० वर्षीया अप्सरा राजवंशीको घर कोठा खानतलासी गर्दा स्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ र डिजिटल मिनी तराजु २ थान बरामद गरेको हो ।
रकम र समान बरामद भएसँगै राजवंशी र सोही घरमा रहेका स्थानीय ४३ वर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।















Discussion about this post