इटहरी : इटहरीमा आफू माता भएको र स्थानीयलाई बोक्सीको आरोप लगाउँदै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार आइतबार इटहरी ४ स्थित लक्ष्मी राना मगरले आफूलाई ‘माता हुँ’ भनेर गाउँघरका मानिसलाई बोक्सीको आरोप लगाएको आरोपमा पक्राउ गरिएको हो ।
गाँउघरका मानिसलाई बोक्सीको आरोप लगाउने, कुनै परिवारको सदस्य घर बाहिर गएको बखत निजको परिवारका अन्य सदस्यलाई बाहिर भएको सदस्य बोक्सी हो, बोक्सी नझारे तपाईको मृत्यु हुनसक्छ भन्दै डर, त्रास देखाएर सुन तथा पैसा लिएको आरोपमा उनलाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।
पीडितको उजुरीका आधारमा उनलाई घरमै रहेको मन्दिर परिसरमा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी मगरमाथि सोमबार सुनसरी जिल्ला अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post