झापा : झापामा घरको चार तलामाथिबाट खसेर एकजना महिलाको मृत्यु भएको छ ।
घरको चार तलामाथि फलेका करेला टिप्न जाँदा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो ।
उनलाई बिर्तामोडस्थित सिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post