इलाम : इलामको माई नगरपालिका ४ की ८० वर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका तीनजनालाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
आइतबार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरू र नगद समेत लुटपाट भएको भन्ने सूचना पाएसँगै प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर ३ का २५ वर्षीय कुमार मगर, ३१ वर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका ३ का ३४ वर्षीय सन्तोष मगर रहेका छन् ।
उनीहरूलाई लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post