इटहरी : दसैँ बिदाको समयमा पनि राष्ट्रिय बाणिज्य बैंक इटहरी शाखाले शनिबार र आइतबार खोल्ने जनाएको छ ।
दसैँमा आफ्नो ग्राहकहरूलाई मध्यनजर गर्दै आगामी शनिबार र आइतबार पनि बैँक खोलिने भएको हो ।
बैँकमा पैसा निकाल्न आउनेहरूलाई सहज होस् भन्ने उदेश्यले बैँक शनिबार र आइतबार खोल्ने बैकका इटहरी शाखा प्रमुख बरुण कुमार कर्णले जानकारी दिए ।
बैंकको काउन्टर शनिबार बिदाको दिन र आइतबार समेत सञ्चालन ल्याउन लागिएको उनले बताए
बैंकमा सामाजिक सुरक्षा भत्ता निकाल्न वृद्ववृद्वाहरूलाई समस्या हुने गरेको भन्दै सहज बनाउन शनिबार र आइतबार बिहान १० बजे देखि १ बजे सम्म बैँकको काउन्टर खुल्ला रहने बताइएको छ ।
















Discussion about this post