झापा : टीका लगाउन मावल आएकी बालिकाको सर्पको डसाइबाट मृत्यु भएको छ ।
झापाकी एक बालिकाको गोमन सर्पको डसाइबाट मृत्यु भएको हो । गोमन सर्पले डस्दा दमक नगरपालिका २ की ८ वर्षीया श्रुति सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी बुधबार गौरादह नगरपालिका ९ स्थित बैगुन्धुरा मावलमा दसैंको टिका लगाउन गएकी थिइन् ।
कोठाको भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर श्रुतिलाई गोमन सर्पले डसेको प्रहरीले जनाएको छ ।
श्रुतिलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको तर चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post