झापा : सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी १ स्थित फूलबारी चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७२९ नम्बरको सिटी सफारी दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ७३०८ नम्बरको मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ निवासी ३५ वर्षीय कमल मिश्र, मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सङ्गीता मिश्र र दुई वर्षीया छोरी संस्कृति मिश्र घाइते भएका थिए ।
घाइतेमध्ये बालिकाको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
दुर्घटनापछि सफारी चालक शिवसताक्षी १ निवासी ६० वर्षीय पदम पाण्डेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post