Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा सफारी चालकको हत्यामा संलग्न दुईजना सार्वजनिक, प्रहरी भन्छ–‘यो गम्भीर र जघन्य अपराध हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा सफारी चालकको हत्यामा संलग्न दुईजना सार्वजनिक, प्रहरी भन्छ–‘यो गम्भीर र जघन्य अपराध हो’

पक्राउ परेकालाई सार्वजनिक गर्दै इटहरी प्रहरी ।

1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सफारी चालकको हत्या गर्ने मुख्य आरोपित र सहयोगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार (आज) इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न दुईजनालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार शनिबार साँझ साढे ६ बजेको समयमा इटहरीको नेशनल गल्लीमा खुकरी प्रहार गरी इटहरी ५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्या भएको थियो ।

खुकुरी प्रहारबाट चौधरीको बायाँ हात छिनेको थियो । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय बेदप्रकाश मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

‘घटना भएको २४ घण्टा नबित्दै हामीले खुकुरी प्रहार गर्ने रामकुमार भुजेल र सहयोगी बेदप्रकाश मण्डललाई पक्राउ गरेका हौँ,’ एसपी ढकालले भने, ‘घटना भएको जानकारी पाएको एक मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो, पुरानो रिसईबीले अचानक खुकुरी प्रहार भएको देखिन्छ, घटनाबारे हामी अझै अनुसन्धानकै क्रममा छौँ ।’

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी ।

पक्राउ परेका भुजेल मृतक चौधरीको जेठान रहेको र यसअघि पनि पारिवारिक झडप भएको खुलेको छ ।

‘यसअघि पनि उनीहरूबीच घरायसी विवाद भएकाले वडाध्यक्षसहित गाउँघरमै छलफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ढकालले भने, ‘मृतक चौधरी सफारी चालक र खुकुरी प्रहार गर्ने भुजेल अटो रिक्सा चालक रहेको पाइएको छ ।’

घटनापछि सफारी चालकहरूले प्रहरीको शान्ति सुरक्षामाथि प्रश्नचिह्न उठेको भन्दै आन्दोलन समेत गरेपछि दुवैजना (मृतक र पक्राउ परेका भुजेल) सफारी चालकै रहेको साथै घरायसी विवाद भएको एसपी ढकालले बताए ।

‘सिटी सफारी चालकप्रति असुरक्षा भन्ने विषयवस्तु नै होइन, चालक नै यसमा संलग्न भएको र पारिवारिक सँगै दुवैजनाको रिसईबी भएकाले उहाँहरूबीच नै जोडिएको घटना हो,’ उनले भने, ‘एकजना व्यक्तिले मार्ने नियतले हातै छिनाउनु यो गम्भीर जघन्य अपराध हो, यसमा गहिरो र गम्भीर अनुसन्धान हुन्छ ।’

भिडियो

यो पनि – इटहरीमा सफारी चालकको हत्या भएपछि प्रहरी कार्यालय अगाडि प्रदर्शन

यो पनि – इटहरीको मुख्य चौकमै धारिलो हतियार प्रहारबाट सफारी चालकको हत्या

यो पनि – इटहरीमा टेम्पो चालकले सफारी चालकको हातमा खुकुरी प्रहार गरेपछि…

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् 

Tags: #इटहरी#इटहरी प्रहरीअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.