Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा सफारी चालकको हत्यामा संलग्न दुईजना सार्वजनिक, प्रहरी भन्छ–‘यो गम्भीर र जघन्य अपराध हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा सफारी चालकको हत्यामा संलग्न दुईजना सार्वजनिक, प्रहरी भन्छ–‘यो गम्भीर र जघन्य अपराध हो’

पक्राउ परेकालाई सार्वजनिक गर्दै इटहरी प्रहरी ।

1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सफारी चालकको हत्या गर्ने मुख्य आरोपित र सहयोगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार (आज) इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न दुईजनालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार शनिबार साँझ साढे ६ बजेको समयमा इटहरीको नेशनल गल्लीमा खुकरी प्रहार गरी इटहरी ५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्या भएको थियो ।

खुकुरी प्रहारबाट चौधरीको बायाँ हात छिनेको थियो । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय बेदप्रकाश मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

‘घटना भएको २४ घण्टा नबित्दै हामीले खुकुरी प्रहार गर्ने रामकुमार भुजेल र सहयोगी बेदप्रकाश मण्डललाई पक्राउ गरेका हौँ,’ एसपी ढकालले भने, ‘घटना भएको जानकारी पाएको एक मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो, पुरानो रिसईबीले अचानक खुकुरी प्रहार भएको देखिन्छ, घटनाबारे हामी अझै अनुसन्धानकै क्रममा छौँ ।’

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी ।

पक्राउ परेका भुजेल मृतक चौधरीको जेठान रहेको र यसअघि पनि पारिवारिक झडप भएको खुलेको छ ।

‘यसअघि पनि उनीहरूबीच घरायसी विवाद भएकाले वडाध्यक्षसहित गाउँघरमै छलफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ढकालले भने, ‘मृतक चौधरी सफारी चालक र खुकुरी प्रहार गर्ने भुजेल अटो रिक्सा चालक रहेको पाइएको छ ।’

घटनापछि सफारी चालकहरूले प्रहरीको शान्ति सुरक्षामाथि प्रश्नचिह्न उठेको भन्दै आन्दोलन समेत गरेपछि दुवैजना (मृतक र पक्राउ परेका भुजेल) सफारी चालकै रहेको साथै घरायसी विवाद भएको एसपी ढकालले बताए ।

‘सिटी सफारी चालकप्रति असुरक्षा भन्ने विषयवस्तु नै होइन, चालक नै यसमा संलग्न भएको र पारिवारिक सँगै दुवैजनाको रिसईबी भएकाले उहाँहरूबीच नै जोडिएको घटना हो,’ उनले भने, ‘एकजना व्यक्तिले मार्ने नियतले हातै छिनाउनु यो गम्भीर जघन्य अपराध हो, यसमा गहिरो र गम्भीर अनुसन्धान हुन्छ ।’

भिडियो

यो पनि – इटहरीमा सफारी चालकको हत्या भएपछि प्रहरी कार्यालय अगाडि प्रदर्शन

यो पनि – इटहरीको मुख्य चौकमै धारिलो हतियार प्रहारबाट सफारी चालकको हत्या

यो पनि – इटहरीमा टेम्पो चालकले सफारी चालकको हातमा खुकुरी प्रहार गरेपछि…

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् 

Tags: #इटहरी#इटहरी प्रहरीअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.