मोरङ : मोरङको निर्वाचन क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील शर्माले घरदैलो अभियान सुरु गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शर्माले शुक्रबार (आज) देखि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् ।
मोरङ क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार लक्ष्मीकुमार श्रेष्ठसहितका नेताहरू पनि घरदैलो कार्यक्रममा सहभागी भएका थिए । गठवन्धनले क्षेत्र नं. ३ मा पर्ने सुन्दरहरैँचा नगरपालिकाको १० नम्बर वडाबाट घरदैलो अभियान सुरु गरेका हुन् ।
अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले गठवन्धन उम्मेदवारहरूलाई मत दिएर विजयी गराएमा चुनावी वाचा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफूले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यका कुरामा लगानी गरिरहेकाले पनि यस क्षेत्रका जनता शिक्षित भएको उनको तर्क छ ।











Discussion about this post