खोटाङ : खोटाङमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरी डाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको छ।
बाटो हिँडिरहेको अवस्थामा बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिंगालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् ।
घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । मृतकको शव उनका आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post