Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा मध्यरातसम्म सडक मानवको उद्वार, मेयर पौडेल भन्छन्, ‘इटहरीलाई सडक मानवमुक्त बनाउछौँ’ (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०७९
in समाचार
0
इटहरीमा मध्यरातसम्म सडक मानवको उद्वार, मेयर पौडेल भन्छन्, ‘इटहरीलाई सडक मानवमुक्त बनाउछौँ’ (भिडियो)
159
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा मध्यरातसम्म सडक मानवको उद्वार गरिएको छ ।

इटहरी उपमहानगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसहित सोमबार राति सडक मानवको उद्वार गरेको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलका अनुसार रातको साढे १२ बजेसम्म इटहरी चोक, गल्ली तथा आसपासमा बस्दै आएका सडक मानवलाई उद्वार गरिएको छ ।

‘इटहरीका मुख्य चौकहरूमै बिहानैदेखि बेलुका सम्म मानिसले कष्टकर जीवन बिताइरहेका थिए, उनीहरूको पक्षमा इटहरी सरकार छ, त्यसैले उद्वार गरेका हौँ,’ मेयर पौडेलले भने, ‘रातको समयमा इटहरी चोक गल्ली तथा आसपासमा बस्दै आएका उनीहरूको सुतिरहेकै ठाँउबाट उद्वार गरेका छौँ ।’

सडक मानवहरूलाई निरन्तर उद्वार गरिने र परिवारसँग पुनःस्थापना गर्ने गरी अभियान थालिएको उनले बताए । उनका अनुसार इटहरीलाई ‘सडक मानव मुक्त सहर’ निर्माण गर्ने उदेश्य रहेकाले अभियान सञ्चालन गरिएको हो ।

विविध कुराले सडकमा मानिस आउने भएकाले मनोपरामर्श समेत दिइने मेयर पौडेलले बताए ।

इटहरीको विभिन्न स्थानबाट १२ पुरुष र एक महिला गरी १३ जनाको उद्वार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उद्वार गरिएका महिलालाई माया घर इटहरी र पुरुषहरूलाई मानव आश्रम विराटनगरमा पठाइएको छ ।

बालबालिकासहित सडक मानवहरू लागूऔषध सेवन गर्ने र चोरी डकैतीका घटनामा संलग्न हुने र कष्टकर जीवन यापन गर्दै आएकाले सुतिरहेकै ठाउँबाट उद्वार गरिएको खड्काले बताए ।

उद्वारमा इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने र उनीहरूलाई सामाजिक रूपमा स्थापित गराउन आफूहरूले भूमिका निर्वाह गर्ने बताए ।

उनका अनुसार राति ८ बजेदेखि सुरु भएको अप्रेसन मध्यराति साढे १२ बजे सम्म चलेको थियो ।

(भिडियो)

Tags: #इटहरी उपमहानगरपालिकाउद्वारसडक मानवहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    947 shares
    Share 379 Tweet 237
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    756 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.