Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

मनाेज अधिकारी by मनाेज अधिकारी
कार्तिक १५, २०८३
in FEATURE BREAKING, कला साहित्य, टाकुरा विशेष, समाचार
0
इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा
53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ । ‘Nepathya Live in Concert – Itahari’ नाम दिइएको कार्यक्रम इटहरी रंगशालामा आयोजना हुने भएको हो ।

पूर्वाञ्चल इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्यान्डका सदस्यहरूले विभिन्न लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा सक इनर्जी ड्रिंक्स रहेको आयोजकले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको संरक्षण तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय र कोशी प्रदेशको प्रवर्द्धनमा आयोजना हुन लागेको कार्यक्रमले पूर्वी नेपालमा सांगीतिक पर्यटनको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपाली मौलिक संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल नेपथ्यको प्रस्तुति हेर्न कोशी प्रदेशका विभिन्न जिल्ला तथा आसपासका क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नु, आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु र स्थानीय होटल, यातायात, व्यापार तथा व्यावसायिक गतिविधिलाई चलायमान बनाउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ । दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था तथा कार्यक्रमस्थल व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले बताए ।

उनले कार्यक्रममा सहभागी भई सफल बनाउन सम्पूर्ण संगीतप्रेमी तथा दर्शकलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Tags: #इटहरीनेपथ्य
मनाेज अधिकारी

मनाेज अधिकारी

Related Posts

पहिलो खेलमै आयोजक गाईघाट पराजित
खेलकुद

पहिलो खेलमै आयोजक गाईघाट पराजित

by माधव पोख्रेल
कार्तिक १५, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित थरुहट खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक गाईघाट...

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन
समाचार

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

by माधव पोख्रेल
कार्तिक १५, २०८३
0

उदयपुर : उदयपुरमा गत असोज महिनामा भएका ३६ वटा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९१ जना...

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

कार्तिक १५, २०८३
पहिलो खेलमै आयोजक गाईघाट पराजित

पहिलो खेलमै आयोजक गाईघाट पराजित

कार्तिक १५, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    370 shares
    Share 148 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.