Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०८३
in कला साहित्य, विविध, समाचार
0
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ
49
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : कोशी प्रदेश प्रमुख परशुराम खापुङले धुप बाल्दै च्याब्रुङ बजाएर पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को धरानमा लोकापर्ण गरेका छन् ।

उनले पालाम संग्रह लोकापर्ण गर्दै याक्थुङ लोक संस्कृतिमा आधारित पालाम, यालाङलाई सुवर्ण नेम्बाङले संरक्षण गरेर ठूलो योगदान दिएको बताए । उनले भने, ‘पहिचानको मुद्दा उठिरहेको बेला भाषा र लोक संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तण गर्दै जीवित कायम राख्न नेम्बाङको पालामको पुस्तक ‘इक्किसुम इक्ला’ ले ठूलो मद्दत गर्ने विश्वास लिएको छु ।’

उनले कुनै पनि जाति वा समुदायको भाषा, साहित्य र संस्कृति समाप्त भएमा पहिचान पनि सकिने भएकाले नेम्बाङको नवीन पालाम कृति इक्किसुम इक्लाले भाषा, साहित्य र संस्कृति तिनै वटै क्षेत्रलाई समेटेर तयार भएकाले पहिचानलाई जिवित राख्न अहम योगदान रहेको बताए ।

सिरिजंगा लिपि र देवनागरी लिपि प्रयोग गरेर लेखिएको पालाम याक्थुङ लिम्बू समुदायको लोक गीत संगीतको इक्किसुम इक्ला पहिलो हो । संग्रहभित्र पालामसहित याक्थुङ लिम्बू समुदायले विभिन्न अवसरमा गाउने हक्पारे, ख्यालीहरू पनि समावेश भएकाले नयाँ पुस्ताले सिक्न र अध्ययन गर्न जरूरी रहेको कोशी प्रदेश प्रमुख खापुङले बताए ।

पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङले पछिल्लो समय ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटाजस्ता पहाडी लिम्बू बस्तीमा समेत पालाम, यालाङ हराउन लागेको बेला याक्थुङ लोक कला संस्कृति हराउन दिनु हुँदैन भनेर सुवर्ण नेम्बाङ व्यक्तिगत खर्चमा सिरिजंगा लिपि र देवनागरी लिपिमा पालामको किताब प्रकाशन गरेर राज्यलाई ठूलो गुन लगाएको बताए ।

उनले भने, ‘अचेल नयाँ पुस्ताले लिम्बू भाषा कमै बोल्छ । भरसक विदेश ताक्छन् । विदेश जानका लागि अंग्रेजी सिक्छन् । यसो गर्दा यता आफ्नो मौलिक भाषा, लिपि, कला संस्कृति भने संकटमा पर्छ । यस्ता संकटलाई समाधान गर्न पालामसाम्बा नेम्बाङले किताब नै प्रकाशित गरेर समग्र पाठकलाई दिएका छन् ।’

उक्त अवसरमा सिक्किम विश्वविद्यालयका लिम्बू भाषा, मुन्धुम र संस्कृतिका विभागीय प्रमुख प्राध्यापक बल मुरिङला र सिक्किम अल्पाइन विश्वविद्यालय नाम्चीका लिम्बू भाषाका विभागीय प्रमुख प्राध्यापक कर्ण ताम्लिङले कुनै पनि समुदायको भाषा, लिपि र कला संस्कृति जोगाउनका लागि राज्यले चासो दिएर लगानी नगरेसम्म समुदायले मात्र बचाउन नसकिने बताए ।

मुरिङ्लाले सिक्किमका उदाहरण दिदैँ भने, ‘सिक्किमका प्रायः शैक्षिक संस्थामा याक्थुङ लिम्बू भाषा र सिरिजंगा लिपिबाट विद्यावारिधिसम्म पठनपाठन हुँदै आएको छ । हिन्दी, अंग्रेजी, बंगाली, नेपाली भाषासंगै लिम्बू भाषाको पठनपाठन भएकाले नयाँ पुस्ताले रुचिकासाथ अध्ययन गर्दा भाषा र लिपि जीवन्त रहेको छ ।’

प्राध्यापक कर्ण ताम्लिले पालाम यालाङ बुझ्नका लागि याक्थुङ लिम्बूको भाषा, लिपि र संस्कृति बुझ्नु पर्ने र यसरी बुझ्नका लागि नयाँ पुस्ताले चासो दिनु पर्ने बताए । उनले भने, ‘विश्व भूमण्डलीकराणमा अंग्रेजी, हिन्दी, चिनिया, कोरियनदेखि फ्रेन्च, स्पेनिश भाषा पनि सिक्ने, बोल्ने हो । ती भाषाहरू हाम्रा लागि रोजगारका लागि मात्र सहायक हुन सक्छन् । कतिपय अवस्थामा प्राज्ञिक उन्नयनका लागि हुनसक्छन् । तर ती भाषाले पालाम, ख्याली, हाक्पारे, यालाङ जस्ता याक्थुङ लिम्बूका मौलिक ज्ञान र लोकसंस्कृति बुझाउन सक्दैनन् ।’

लोकापर्ण समारोहमा पालाम सम्राट भनेर सार्वजनिक रूपमा उपाधि पाएका सुवर्ण नेम्बाङले आफ्ना लागि लेखिएका पालामको कृति अबदेखि मुलुककै राज्यको सार्वजनिक सम्पत्तिको रूपमा छाडेको बताए ।

उनले भने, ‘यो इक्किसुम इक्ला पुस्तकलाई मैले व्यक्तिगत उपलिब्धका रूपमा भन्दा पनि हराउँदै गएको मौलिक लोकसंस्कृतिको एउटा अंशलाई अभिलेखित र पुस्तान्तरण गर्ने सानो प्रयासका रूपमा लिएको छु ।’

उनले तीन दशक अघि यालाङ (धाननाच), पालाम, हाक्पारे, ख्याली गाउनका लागिकुनै प्रशिक्षण लिनुपर्दैन थियो । घरघरमै आँफू भन्दा ठूलाले गाएको सुनेपछि त्यसलाई दोहो¥याउदै मेला पर्व, घाँस दाउरा गर्दा पालाम गाउन आफैँ सिक्ने गरेका थियौं ।

र विभिन्न अवसरमा विवाह, मेलामा साइनो नलाग्ने तरुनी तन्नेरीले एकापसमा हात समाएर प्रेम र सुख दुःख व्यक्त गर्दै पालाम सुनाउने गरेका थियौं । तर अहिले प्रशिक्षण दिनुपर्ने अवस्था आएको छ ।’

यो उनको दोश्रो पालाम कृति हो । यसअघि उनले ‘मालाजे’ पालाम संग्रह निकालेका थिए । पूर्व व्रिटिश लाहुरेसमेत रहेका नेम्बाङले लेखेका पालामलाई पूर्वका अधिकांश पालाम गायक गायिकाहरूले म्यूजिक भिडियो बनाएका छन् ।

लिम्बू पत्रकार संघ सुनसरीद्धारा आयोजित लोकापर्ण समारोहमा रेडियो नेपाल धनकुटाकी लिम्बूभाषा सम्पादक विष्णुमाया सिंगकले सहजीकरण गरेकी थिइन् । पुस्तकमाथि धरान उपमहानगर पालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, याक्थुङ संस्कृतिविदहरु अम्बिका सम्बाहाङ्फे र आइत खजुमले टिप्पणी गरेका थिए ।

Tags: लोकापर्णसुवर्ण नेम्बाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले
विविध

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

by रासस
कार्तिक १५, २०८३
0

इलाम : अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि...

धान फल्ने खेतमा फूलखेती
विविध

धान फल्ने खेतमा फूलखेती

by रासस
कार्तिक १५, २०८३
0

भद्रपुर (झापा) : धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब ५० हजारको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    369 shares
    Share 148 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.