झापा : झापाको बिर्तामोडमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय विराटनगरका अनुसार बिर्तामोड नगरपालिका २ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ५५८० नम्बरको मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका २ का २५ वर्षीय अनिस साउदेन र १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी ६ का ४३ वर्षीय भोलाराज भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी १६०४ नम्बरको मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला र ९ वर्षीया छोरी प्रशना घाइते भएका छन् । उनीहरूको बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post