झापा : झापामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार हल्दिबारी पारखोपी सडक खण्ड अन्तरगत हल्दिबारी २ स्थित रामलाल चोक नजिकै आइतबार (आज) साँझ ६ः१५ बजे मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो ।
तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलमा दुई जना सवार थिए, भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए ।
प्रहरीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post