Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको मुख्य चौकमा चारजनाले बोकेको आकृति के हो ? किन बनाइएन वीरेन्द्रको सालिक !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीको मुख्य चौकमा चारजनाले बोकेको आकृति के हो ? किन बनाइएन वीरेन्द्रको सालिक !

इटहरीको मुख्य चौक ।

1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको मुख्य चौरस्ता गोलो चौकमा पुग्ने बित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतिमा जान्छ । ट्राफिक लाइटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यही आकृतिमा नै पुग्छ ।

यी चार जना मानिस को हुन् ? यिनीहरूले के बोकेका हुन् ? आम मानिसको मनमा प्रश्न उब्जन्छ । यहाँको प्रश्न र कौतुहलता मेट्न हामीले यसको उत्तर खोज्ने प्रयास गरेका छौँ ।

इटहरीको पहिचान

मुख्य गोलो चौकमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् ।

हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेशी समुदाय । र, इटहरीका प्रथम नागरिक थारु समुदायको प्रतिनिधिमुलक रूपमा चारजना मानिसलाई बिम्बका रूपमा देखाइएको हो ।

यी मानिसहरूले बोकेको आकृति ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट–हरी भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधीलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए ।

तल्लो पट्टी इटाले बनाइएको, बीचमा प्वाल राखेर मासथ काठले बनाइएको ‘तुरुङ’ अर्थात् हरी सजाय दिने उपकरण हो । जसलाई थारुहरूले आफ्नो भाषामा इट र हरी भन्थे । पछि यहि इट र हरी बोलीचालीमा इटहरी भएको हो ।

हिमाल पहाड र तराईमा बसेका मानिसहरूले इट र हरी बोकेका हुन् । अर्थात इटहरी बोकेका हुन् । समग्रमा यो आकृतिले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।

‘यो आकृतिले इटहरीको नामकरण, पहिचान, भूगोल, बसोबास र पुरातात्विक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘उदेश्य’ पनि यहि हो,’ कलाकृतिको कन्सेप्ट तथा डिजाइन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले भने ।

कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृति निर्माण गरिएको हो । फाईबर ग्लासले बनेका यी कलाकृति कम्तीमा ७० बर्ष टिकाउ हुने उनी बताउँछन् ।

माथिको आकृतिलाई सौन्दर्यीकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाइएका छन् । त्यसमा सुन्दर फूलहरूको गार्डेन निर्माण गरिनेछ । हाँस तराईमा हुने पंक्षी हो । त्यसैले हाँसको गमला बनाएर पनि सन्देश दिन खोजिएको कलाकार तिम्सिनाले सुनाए ।

‘वरीपरी ८ वटा नोजल जडान गरिएका छन् । जहाँबाट पानीको फोहोराले थप सुन्दरता थप्नेछ,’ उनले भने, ‘चार सुरका खम्बामा लाईट जडान गरिएको छ । जहाँबाट रातको समयमा विभिन्न रंगका लाईटले उभिएका कलाकृतिलाई थप रंगिन, आकर्षक र कलात्मक देखाउँछ ।’

अहिले मानिसहरुको ध्यान मुख्य रुपमा ‘तरुङ’मा गएको छ । माथिबाट हेर्दा यो जिजसलाई झुण्ड्याएको क्रुस जस्तो देखियो भन्न थालेका छन् । माथि अग्लो ठाउँबाट हेर्दा लामो, अलि भद्दा र क्रुस जस्तो देखिँदा यसको वास्तविक अर्थ गौण भएर अर्कै अर्थ बुझ्न थालेको कतिपयको आरोप छ ।

आरोपहरू सुनिरहेका कलाकार अभिषेक त्यस्तो नभएको बताउँछन् । यहाँ केही भ्रम पर्न र पार्न खोजिएको छ । उनले यसको अर्थ बुझाए । यहाँ मुख्य ३ कुरा बुझ्नुपर्छ । क्रुस, प्लस र क्रस । क्रुसको आकार प्लस भन्दा माथिबाट काटिएको हुन्छ । सेन्टर भन्दा माथि ।

प्लस जो रेडक्रसले प्रयोग गर्छ, यसको सेन्टरबाट काटिएको हुन्छ । र अर्को रह्यो क्रस अर्थात् एक अर्कामा काटिएका हुन्छन् । अभिषेकले स्पष्ट पार्दै भने, ‘यो आकृति प्लसमा छ । क्रुस हुनै सक्दैन । क्रुस हुन सेन्टर भन्दामाथि काटिनुपर्छ, यो प्लसमा छ ।’

‘केही लामो जस्तो देखिदाँ मानिसलाई त्यस्तो भ्रम पर्न गएको हो । अर्कोतर्फ यहाँ ‘तुरुङ’को प्वाल धेरै देखिएर पनि त्यस्तो पर्न गएको हुनसक्छ,’ उनले भने, ‘यसलाई प्राविधिक रूपमा मिलाउने काम गर्दैछौँ र कलर पनि चेन्ज गर्दै छौँ ।’

वीरेन्द्रको सालिक भनेर इट–हरी ?

केही समय अघिसम्म यहाँ स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने चर्चा थियो । वीरेन्द्र कै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयम्ले बताएका थिए । तर, अहिले वीरेन्द्रको सालिक नभइ इट–हरी बन्यो ।
कसरी यस्तो भयो ?

अभिषेकले मुस्कुराउँदै भने, ‘खास कुरा भनौ है सुरुमा यहाँ वीरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि गरिरहेका थियौँ । राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरू तर्सिए । सालिक राख्ने पनि यहीँ छन् । सालिक ढाल्नेहरू पनि यहीँ छन् ।’

वीरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरूलाई चोट पुगेको र त्यसले नयाँ मोड लिने संकेत देखिएपछि मेयर पौडेलले विकल्पको खोजी गरेको उनले सुनाए । उनका अनुसार विकल्प खोज्दा इटहरीकै पहिचान राखाँैँ भन्ने सहमति भयो । सोही अनुसार अहिलेको कलाकृति बनेको हो ।

वीरेन्द्र चौक अब इटहरी चौक

वीरेन्द्र चौक भन्दै आएका इटहरीबासीले अब मुख्य गोलो चौकलाई इटहरी चौक भन्नेछन् । वीरेन्द्र चौक भन्न थालिएको पनि धेरै भएको छैन । वीरेन्द्रको पूर्ण कदको सालिक राखेपछि नै यो चौकको नामकरण भएको हो वीरेन्द्र चौक ।

इटहरीका राजावादीे नेता रामकुमार सुब्बाको अगुवाईमा वीरेन्द्रको सालिक स्थापना भएको थियो । वीरेन्द्रको सालिक तत्कालिन रानी ऐश्वर्यले उद्घाटन गरेकी थिइन् । तर वि.स. २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा सालिक ढालियो ।

हुन त वीरेन्द्रको सालिक अघि यहाँ कुनै चौक थिएन । घरहरू थिएनन् । अहिले चौक भएको स्थानदेखि उत्तरतर्फ महेश्वर सुब्बाको काठको ठूलो घर थियो । बस्ती बढ्दै गएपछि यहाँ चौक बनेको हो । नामबिहीन भएको समयमा वीरेन्द्रको सालिक राखेसँगै चौकको नामकरण भएको थियो ।

अब वीरन्द्र चौक अब इट–हरी अर्थात इटहरी चौक बनेको हो ।

Tags: #इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1540 shares
    Share 616 Tweet 385
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    613 shares
    Share 245 Tweet 153
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.