झापा : झापामा बसको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कन्काई नगरपालिका ७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नं. को बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको हो । दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि बिर्तामोडको बी एण्ड सी अस्पताल पुर्याउनुसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक मोरङको सुन्दरहरैँचा ६ का ४० वर्षीय भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post