इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले गठबन्धनका उम्मेदवारलाई जित्नबाट कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् ।
बिहीबार (आज) इटहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेता ढुंगानाले गठबन्धनका उम्मेदवारलाई जित्नबाट कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका हुन् ।
‘गठबन्धनका उम्मेदवारप्रति जनताको लहर र सद्भावका कारण गठबन्धनका उम्मेदवारलाई जित्नबाट कुनै शक्तिले रोक्न सक्दैन,’ चुनावी सभामा बोल्दै नेता ढुंगानाले भने, ‘यो क्षेत्रमा गठबन्धनको जीत सुनिश्चित छ, केवल मंसिर ४ मात्रै पर्खनुपरेको हो ।’
केपी ओली नेतृत्वको नेकपा एमालेले झुटको खेती गरेर जनतालाई भ्रमित पारेको उनको आरोप छ ।
‘केपी ओली र तीनको पार्टीले फेरि जनतालाई झुक्याएर झुटको खेती गरेर भ्रममा पार्न सक्छन्,’ उनले भने, ‘अब तीनदिन सचेत रहन मतदातालाई आग्रह गर्दछु ।’
उनले मंसिर ४ गतेको निर्वाचन जनमतसङ्ग्रह रहेको बताए । उनले भने, ‘मंसिर ४ गते चुनाव नभएर जनमतसङ्ग्रह हो, अग्रगामी शक्तिलाई जिताउने कि प्रतिगामीलाई जिताउने यो यहाँहरूकै जिम्मा हो ।’
उनले प्रतिगामीलाई परास्त गर्नका लागि अग्रगामी शक्तिका रूपमा रहेको सत्ता गठबन्धनलाई रोज्नुपर्ने तर्क गरे ।














Discussion about this post