झापा : आर्मीको पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज (आइतबार) बिहान ६ः१५ बजेको समयमा झापाको शिबसताक्षी नगरपालिका ११ सताक्षीपुलस्थित राजमार्ग पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १ झ १०११ नम्बरको नयाँ श्रीनाथ गण चारआली आर्मी ब्यारेकको पिकअप गाडी र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको महाभारा ३ बस्ने २८ वर्षीय होमबहादुर खत्री रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न नेपाली सेनाको गाडी र चालक जिल्ला गोरखा पालुङटार नपा १ बस्ने ३२ वर्षीय ओमप्रकाश विष्टलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post