इटहरी : प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ ।
आइतबार अपरान्हसम्मको नतिजा अनुसार एमालेले २४ लाख कटाउँदा नेपाली काङ्ग्रेसले २३ लाख कटाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ ।
८८ लाख २८ हजार ४७३ मत गणना हुँदा एमालेले २४ लाख २९ हजार ५५ मत पाउँदा नेपाली कांग्रेसले २३ लाख ९ हजार ६९२ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ८ हजार ७२०, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ९० हजार ९९९, पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ र छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएका छन् ।
नेकपा एकीकृत समाजवादीले २ लाख ३७ हजार २९५ र जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएका छन् ।














Discussion about this post