झापा : झापाको अर्जुनधारा ४ स्थित बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गंगाराम काफ्ले रहेका छन् ।
शुक्रबार राति बागमती प्रदेश ०२–०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा काफ्ले गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार ४० वर्षीय मिलन बस्नेत घाइते भएका छन् ।
उनको अवस्था गम्भीर रहेको र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post