इटहरी : लायन्स र लियो क्लबले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।
आज (बुधबार) इटहरी २ स्थित मुक्तिनारायण मन्दिरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय बढी लाभान्वित भएका हुन् ।
लायन्स क्लब अफ इटहरी प्रोफेसनल्स, लियो क्लब अफ इटहरी प्रोफेसनल्स तथा लायन्स क्लब अफ वीपी चौक सेन्ट्रलको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।
शिविरमा आँखा, दाँत, मधुमेह, ब्लड ग्रुपिङ साथै बालबालिको स्वास्थ परीक्षण गरिएको थियो ।
नवदृष्टि आँखा अस्पताल इटहरी, मनकामना डेन्टल तथा वीपी चौक मेडिकलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ इटहरी प्रोफेसनल्सका अध्यक्ष मिसन पराजुलीले बताए ।

इटहरी २ नं. वडामा मानवीय सेवाका कार्यक्रम आयोजना नभएका कारण उक्त ठाउँका बासिन्दालाई लक्षित गरी शिविर आयोजना गरिएको लियो जोन चेयरपर्सन प्रभास गौतमले बताए ।














Discussion about this post