झापा : भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–५ काली मन्दिर छेउबाट उक्त झोला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मेचीनगर ५ का ३० वर्षीय बाबुल राजवंशीले अवैध ढंगले सामान भारततर्फ लैजाँदै गरेको अवस्थामा हिजो राति प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको झोला र पोते पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















Discussion about this post