Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी अस्पतालमा काम गर्ने शैली फेरिएपछि उपचारमा सहज, ‘रेफर होइन अब उपचार हुन्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ३, २०७९
in समाचार
0
इटहरी अस्पतालमा काम गर्ने शैली फेरिएपछि उपचारमा सहज, ‘रेफर होइन अब उपचार हुन्छ’
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बितेको पाँच वर्षमा इटहरीमा सबैभन्दा धेरै चर्चा भएको विषय हो, सुविधा सम्पन्न अस्पताल ।

दुई ठूला सहर धरान र विराटनगरको बीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य,भन्दै अस्पताल बनाउन सबैको माग थियो ।

अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिति पनि बन्यो । तर, न जग्गा भेटियो, न त अस्पताल बन्यो ।

तत्कालीन मेयर द्वारिकलाल चौधरीले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद समेत उत्पन्न भयो ।

राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्रमा दुई सय बेडको अस्पताल बनाउने भनेर घोषणा गरे । तर काम भने भएन । घोषणा गरेको काम नभएपछि सांसद हराएको सूचना भन्दै सामाजिक सञ्जालमा आलोचना भयो ।

सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले कामगर्ने शैलीमा परिवर्तन गरेको छ ।

ठूला कुरा होइन, सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेको जनाएको छ ।

इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रुपमा उपचार दिन थालेको छ ।

१ वर्षअघि सम्म अस्पतालमा प्रयाप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ । अहिले अस्पताल प्रशासनले औषधीको अभाव हटाउन उपमहानगरले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको छ ।

औषधी खरिदका लागि बजेट बिनियोजन भइ टेण्डर पनि आह्वान भएर स्वीकृत भइसकेको छ ।

रेफर होइन अब उपचार हुन्छ

एक समय थियो, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरू उपचार होइन रेफर लिएर फर्कनुपथ्र्यो । इटहरी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई रेफर दिँदै पठाउनु पर्ने बाध्यता थियो ।

तर अहिले इटहरी अस्पतालमा ५ जना डाक्टरहरूले दैनिक ओ.पि.डी सेवा दिइरहेका छन् । डा.अशोक चेम्जोङ, डा. नमिता अधिकारी, डा.शिवनारायण शर्मा, डा. सुशान्त चौधरी, एमएस नवीना बानियाँले दैनिक रुपमा ओ.पि.डी सेवा अन्तर्गत बिरामी चेकजाँच गरिरहेको अस्पतालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले जानकारी दिए ।

ओ.पी.डी मा विशेषज्ञ डाक्टरले नै बिरामी जाँच गर्न थालेपछि उपचारमा आउने बिरामीको संख्या पनि अहिले बढेको छ । अहिले दैनिक ४ सय बिरामीले उपचार लिइरहेका छन् ।

ओ.पि.डी दैनिक बिहान ८ बजेदेखि नै सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पहिलो निर्णय गर्दै थप उपचारका लागि रेफर लिनुपर्ने बिरामीहरूले वडाबाटै रेफर लिन सक्ने घोषणा गरेका थिए ।

सोही घोषणाअनुसार रेफर लिन अस्पताल धाउने इटहरीबासीले अहिले वडाको स्वास्थ्य केन्द्रबाट नै रेफर लिन थालेका छन् । यसले अस्पतालमा हुने अनावश्यक भीड पनि हटेको छ ।

आधुनिक ल्याब र २४ घण्टा इमर्जेन्सी

इटहरी अस्पतालले केही समयअघि देखि नै २४ सै घण्टा इमर्जेन्सी सेवा दिइरहेको छ । १५ बेडबाट इमर्जेन्सी सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्प्तालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले बताए ।

विशेषज्ञ डाक्टरले जाँचगर्दै रोग परिक्षणका लागिविभिन्न टेष्ट गर्नलाई ल्याब सेवालाई पनि आधुनिक बनाइएको छ । ल्याबमा नयाँ मेसिन उपकरण थप गर्दै आधुनिक बनाइएको छ ।

अहिले दैनिक रुपमा मुट, मृगौला, कलेजो, डायवेटिज, प्रोष्टेट, डेंगु, भिटामिन, थाईराईडसहित अन्य विभिन्न समस्याको परीक्षण हुँदै आएको छ ।

भिडियो एक्स–रे जडान गरेपछि बिरामी जाँच गर्न आएका बिरामीलाई अन्य ठाउँमा एक्स–रे गर्न जानुपर्ने बाध्यता पनि हटेको छ ।

डाईलासिस मेसिन र १ करोडकोऔषधी खरिद

मृगौला पीडित बिरामीहरूले अब इटहरी अस्पतालमै डाईलासिस गर्न पाउने भएका छन् । रोटरी क्लब इटहरीले ६७ लाख रकममा डाईलासिस मेसिन खरिद गरी अस्पताललाई प्रदान गरेको छ ।

अहिले मेसिन जडानको काम भइरहेको छ । अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भइरहेको छ ।

डाईलासिस सञ्चालन गर्नका लागि आवश्यक डाक्टर सहितका दक्ष जनशक्ति व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिका, रोटरी क्लब र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय एमओ.यु गर्ने तयारी भइरहेको रोटरी क्लबका सचिव चेतन धमलाले जानकारी दिए ।

मेसिन जडानसँगै वीपी प्रष्ठिानसँग एम. ओ यु भएपछि सञ्चालन हुने बताइएको छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#स्वास्थ्यइटहरी अस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    244 shares
    Share 98 Tweet 61
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.