झापा : झापाको दमक नगरपालिकास्थित कबड्डी खेल्ने क्रममा एक विद्यार्थीको मृत्यु भएको छ ।
संखुवासभा भोटेखोला गाउँपालिका ४ घर भई दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको कबड्डी खेल्ने क्रममा मृत्यु भएको हो ।
विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे बुधबार दिउँसो अचानक बेहोस भएका थिए ।
उनको उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post