पाँचथर : पाँचथरमा एम्बुलेन्स नपाउँदा एक सुत्केरीको मृत्यु भएको छ ।
जिल्लाको कुम्मायक २ की १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को समयमै एम्बुलेन्स नपाउँदा मृत्यु भएको हो । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको उनको मृत्यु भएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ः५५ बजे सामान्य अवस्थामै बच्चा जन्माएकी थिइन् ।
मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् ।














Discussion about this post