भोजपुर : भोजपुरको षडानन्द नगरपालिका ६ स्थितबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका ६ का ६७ वर्षीय कुमार चाम्लिङ रहेका छन् ।
आइतबार दिउँसो ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानीय व्यक्तिलाई धाक धम्की दिइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पेस्तोलसहित पक्राउ परेका चाम्लिङको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post