झापा : झापाको मेचीनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा गएको टोलीले मेचीनगर नगरपालिका–४ स्थित दशगजा इलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ल बर्दिबास–३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित पक्राउ गरेको हो ।
बिहीबार मध्यराति घिमिरेले मे ५ प २२०४ को मोटरसाइकलमा काँकडभिट्टातर्फ गइरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको चाँदीको गरगहना र कस्तुरीको बिना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको चाँदीको मुल्य सात लाख,मोटरसाइकलको एक लाख मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post