खोटाङ : खोटाङमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
घर नजिकैको भीरबाट लडेर रावाबेसी गाउँपालिका ४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको मृत्यु भएको हो ।
भीरबाट तल दुई सय मिटर गहिराइमा खसेर गम्भीर घाइते भएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय खोटाङले आवश्यक अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post