धरान : धरान उपमहानगरको भानुचोकदेखि लक्ष्मी चोकसम्मको सडकलाई ‘वान वे’ (एकतर्फी) बनाइएको छ ।
नगरसहित सरोकारवाला पक्षसँगको पटक–पटकको छलफलपश्चात् आज (सोमबार) देखि भानुचोकदेखि लक्ष्मीचोकसम्मको सडकलाई ‘वान वे’ बनाइएको हो ।
एकतर्फी लागू गरेपछि भानुचोकदेखि महेन्द्रपथ हुँदै पहाडी क्षेत्रका सवारीसाधन बाहिरिनेछन् ।
पहाडीक्षेत्र तर्फबाट भित्रिने सवारीसाधन लक्ष्मीचाकदेखि पुरानो बजार, माछाभौडी हुँदै भानुचोक आउने धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले जानकारी दिए ।
उनले भने, ‘नियम सबैलाई लागू हुन्छ । कसैलाई छुट दिइयो भने त कामै लाग्दैन ।’ उनका अनुसार एम्बुलेन्स, दमकलले पनि नियमानुसार नै जानुपर्नेछ ।












Discussion about this post