इटहरी : इटहरीमा चोरीको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार गत शनिबार रातिको समयमा इटहरी ९ का हेमनारायण श्रेष्ठ र डम्बर राईले आफ्नो घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो ।
उनीहरूले पार्किङ गरी राखेको को २५ प ५३४० नम्बरको २२० सीसीको मोटरसाइकल र को २० प १९४३ नम्बरको २२० सीसीको मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको सूचना पाएसँगै प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो ।
सो क्रममा चोरीको मोटरसाइकलसहित मोरङ उर्लाबारी नगरपालिका ९ का २७ वर्षीय प्रदीप योञ्जन र सिन्धुलीको सुनकोसी गाउँपालिका ७ का २५ वर्षीय सरोज मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई उर्लाबारी २ बाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट मोटरसाइकल चोरी गर्न प्रयोग गरिने औजारहरू पनि बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजनामाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।












Discussion about this post