इटहरी : कोसी प्रदेश नामकरण गरेको विरोधमा किरात मोर्चाले आउँदो फागुन २६ मा बन्द घोषणा गरेको छ ।
किरातहरूको उद्गमस्थल भएर पनि जनचाहनाविपरीत नामाकरण भएको भन्दै सशक्तविरोधसवरूप मोर्चाले बन्द घोषणा गरेको हो ।
मोर्चाले विज्ञप्ति जारी गर्दै प्रदेश १ किरात सम्यता, इतिहास रहेको भए पनि हालको नेतृत्वले बेवास्ता गरेको बताएको छ । बन्दका दिन बजार, यातायातका साधन र शैक्षिक संस्था ठप्प पार्ने जनाइएको छ ।
त्यसदिन एम्बुलेन्स, शवबाहना दमकलगायतका साधन भने चल्न दिने विज्ञप्तिमा उल्लेख छ । यदि बन्दको अपहेलना गरेमा आफूहरु प्रतिकारमा उत्रने र त्यसको जवाफदेही राज्य पक्ष नै हुनुपर्ने उल्लेख छ ।











Discussion about this post