इटहरी : कोसी प्रदेशमा होलीका दिन सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय इटहरीका अनुसार मोरङको धनपालथान गाउँपालिका ३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बीआर ३८ वाई २२४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार भारतको अररिया बस्ने ३० वर्षीय नन्दद महतोको मृत्यु भएको हो ।
त्यस्तै, मोरङको कटहरी गाउँपालिका ४ का मोहम्मद समिमको पनि दुर्घटनामा मृत्यु भएको छ । समिम सवार को १० प ११९७ नम्बरको मोटरसाइकल र को ३१ प ९२६० नम्बरको अर्को मोटरसाइकलसँग ठक्कर हुँदा उनको मृत्यु भएको हो ।
यस्तै, होलीको दिन ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने ९ सय ३४ सवारी प्रहरीले नियन्त्रणका लिएको छ । सबैभन्दा बढी मोरङबाट ३ सय ७३ सवारी साधन नियन्त्रणमा लिएको छ । झापाबाट ३ सय ३२, सुनसरीबाट १ सय ९१, उदयपुरबाट ५१ सवारीसाधन नियन्त्रणमा लिएको हो ।














Discussion about this post