मोरङ : पूर्वी मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ जहदामा रहेको मकालु मोरङ बोर्डिङ स्कुल पछिल्लो समय बालबालिकालाई शैक्षिक जग बसाल्न गुणस्तरीय स्कुल बनेको छ ।
मकालु मोरङ बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि विश्वसनीय रहेको प्रिन्सिपल सविन खरेलले बताए ।
बालबालिकाहरूको मनोभावना बुझेर शैक्षिक गतिविधिमा सक्रिय भएको उनको भनाइ छ ।
यसैबीच स्कुलले १४ औँ अभिभावक दिवस मनाएको छ । मंगलबार एक कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो ।
पढाईसँगै नृत्य तथा खेलकुद क्षेत्रमा समेत अग्रसर बनाइएको विद्यालय संचालनक समितिका अध्यक्ष अर्जुन राईले बताए ।
विद्यार्थीहरूलाई पढाईमा मात्र नभइ व्यवहारिक गतिविधिमा समेत ध्यान दिन थालेको बताए ।
एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू तथा सामाजिक व्यक्तिहरूको उपस्थिति थियो ।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक क्षमता अभिवृद्धि कार्यक्रम, नृत्य आदिमा सक्रिय बनाइदैँ आएको लेखापाल मन्जु गौलीले बताइन् ।












Discussion about this post