मोरङ : मोरङको केराबारी गाउँपालिका ३ देउराली चोक निवासी ६७ वर्षीय दिलबहादुर लिम्बूको रुखबाट लडेर मृत्यु भएको छ ।
स्थानीय चन्द्रबहादुर लिम्बूको बारीमा रहेको सजिवनको रुखबाट सजिवन संकलन गर्ने क्रममा उनी लडेर घाइते भएका थिए ।
उपचारका लागि स्थानीय मेडिकल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post