इटहरी : इटहरीको नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले होटल तथा हस्पिटालिटी क्षेत्रका लागि औद्योगिक प्रशिक्षार्थी तालिममार्फत ४० जना जनशक्ति तयार गरेको छ ।
कोसी प्रदेशसहित ३ प्रदेशका ३३ स्थानीय तहमा सञ्चालित औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिससीप तालिम अन्तर्गत इन्स्योर परियोजनामा हेल्भेटासको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रममा नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले ४० जना जनशक्ति तयार गरेको हो ।
आफूसँग रहेका ४० जना विद्यार्थी आगामी बैशाख महिनाको १५ गतेसम्ममा होटलमा काम गर्नका लागि तयार हुने शिक्षालयका अध्यक्ष एक निर्मल बरालले बताए ।
शिक्षालयले सुनसरी तथा मोरङ्गका विभिन्न होटल व्यावसायी तथा सरोकारवालाबीच औद्योगिक प्रशिक्षार्थीलाई कसरी परिचालन गर्ने भन्ने विषयमा अन्तरक्रियाको आयोजना गरेको थियो ।
कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख कृष्ण पोखरेल तथा हेल्भेटासका कोसी प्रदेश प्रबन्धक सन्जीव राई लगायतको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा सुनसरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, होटल व्यावसायी संघ इटहरी तथा अन्य होटल तथा पर्यटन क्षेत्रमा आवद्धहरूको उपस्थिति थियो ।
अप्रेन्टिसीप कार्यक्रम अन्तरगत अध्यनरत विद्यार्थी र होटेल व्यवसायी संघका कोसी प्रदेश महासचिव बासुदेव बराल, इटहरीको होटल बरन्डाका सञ्चालक राजेश श्रेष्ठ, संविधानसभा सदस्य अनिता परियार, ज्वाला तामाङ लागायतको उपस्थिति रहेको शिक्षालयका सेमन्त खनालले जानकारी दिए ।



















Discussion about this post