Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी गोल्डकप : आज फाइनलमा चर्च ब्वाइज र साबिक बिजेता सगरमाथा भिड्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०७९
in खेलकुद, समाचार
0
इटहरी गोल्डकप : आज फाइनलमा चर्च ब्वाइज र साबिक बिजेता सगरमाथा भिड्दै
116
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी १३ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको शनिबार (आज) फाइनल खेल हुँदैछ ।

उपाधिका लागि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुँदैछ ।

शुक्रबार ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमले आँफूहरूले प्रतियोगिता जित्नेमा विश्वस्त रहेको जनाएका छन् । दुवै टिमले विपक्षी टिम बलियो रहेको र आँफूहरूले खेल जित्नेगरी तयारी गरेको जनाएका हुन् ।

साबिक बिजेता सगरमाथा युथ क्लब मोरङका टिम प्रशिक्षक याम गुरुङले सौहार्दपूर्ण रूपमा प्रतियोगिता हुने बताए ।

‘हामी गत वर्षको पनि बिजेता भएका कारण यसवर्ष पनि ट्रफी उचाल्नेगरी खेल खेल्नेछौँ,’ उनले भने, ‘चर्च ब्वाइज क्लब पनि अब्बल टिम भएका कारण हामीलाई चुनौती नै छ, तरपनि हरेक खेलाडीको उदेश्य जित्ने नै हुन्छ ।’

सगरमाथाका कप्तान महेन्द्र कार्कीले दुवै टिम परिचित भएका कारण खेलमा सौहार्दपूर्ण प्रतिष्पर्धा हुने बताए ।

‘क्लबको प्रतिष्ठाका लागि पनि फाइनलको उपाधि जित्नेगरी हामीले खेल्ने रणनीति बनाएका छौँ,’ उनले भने, ‘हामीले गत वर्षपनि जितेको र यो वर्षपनि फाइनलका लागि पुग्दा खुशी छौँ, यस वर्ष पनि ट्रफी उचाल्ने लक्ष्य छ ।’

चर्च व्बाइज युनाइटेड क्लबका प्रशिक्षक प्रदीप हुमागाईँले फाइनल खेल भएकाले खेल स्वभाविक रूपमै प्रतिस्पर्धात्मक हुने बताए ।

टिमका सबै खेलाडीको मिहेनतले फाइन पुगेको बताउदै हुमागाईँले सबै खेलाडी फिट रहेकाले उपाधी जित्नेमा ढुक्क रहेको बताए ।

उनले भने, ‘पूर्वेली दर्शकसँग रम्न पाएका छौँ, यहाँ फुटबलको क्रेज समेत देखिएकाले हामीले उपाधि जित्नेमा आशावादी छौँ ।’ उनले आँफूहरूको टार्गेट लिग रहेकाले पनि मोफसलमा भइरहेको यो प्रतियोगिता जित्नैपर्ने दबाबमा समेत रहेको बताए ।

चर्च ब्वाइजमा कप्तान मिलन राईले भने आँफूहरू च्याम्पियन नै हुने भनेर खेल खेल्ने बताए । ‘हरेक खेलाडीले च्याम्पियन नै हुन्छौँ नै भनेर खेलिएको हुन्छ, हाम्रो उदेश्य पनि त्यही नै हो,’ उनले भने ।

यसअघि सगरमाथाले क्वाटरफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमाथि जीत हात पारेको थियो ।

यस्तै, चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि जीत हात पारेको थियो ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ ।

इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

 

Tags: #खेलकुदइटहरी गोल्डकपफुटबलराजा क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1260 shares
    Share 504 Tweet 315
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.