इटहरी : पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् ।
उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए ।
साँझ ५ बजे आएका उनी करीब दुई घण्टा बसेका छन् । शाहलाई हेर्न इटहरी आसपासबाट सयौँ मानिसहरूको घुइँचो लागेको छ ।
पछिल्लो एक महिनायता झापाको दमक बस्दै आएका उनी मुक्तिघाटमा भएको आरतीपछि पुनः झापा नै फर्किएका छन् ।














Discussion about this post