मोरङ : मोरङको केराबारी गाउँपालिका ४ खोलाघारीस्थित भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
बाटो हिँड्ने क्रममा चिप्लिएर ओलबन्दे खोलाको भीरबाट लड्दा केराबारी ७ का २९ वर्षीय बलबहादुर लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गाउँमा काटेको राँगाको मासु लिएर नाबालक छोरासहित घरतर्फ फर्कंदै गरेको अवस्थामा लडेका लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भीरबाट लडेर उनका ७ वर्षीय छोरा सुशील लिम्बू घाइते भएका छन् ।
सुशीलको स्थानीय मेडिकलमै उपचार भइरहेको छ । प्रहरीले मृतक लिम्बूको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post